News
एन्फा कप स्थगित (पत्रसहित)
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही बैशाख २० गतेदेखि आयोजना गर्ने भनेको एन्फा कप ए डिभिजन फुटबल प्रतियोगिता स्थगित गरेको छ ।
ए डिभिजन लिग आयोजना अन्यौलको अवस्थामा रहेका बेला एन्फाले ए डिभिजन क्लबहरुलाई सहभागि गराई एन्फा कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो ।
यद्यपि एन्फाले बिहीबार सम्बन्धित क्लबहरुलाई पत्राचार गरी प्राविधिक समस्याका कारण प्रतियोगिता तोकिएको मितिमा गर्न नसकिने जानकारी गराएको हो ।
त्यसबाहेक एन्फाले क्लब लाइसेन्सिङ्ग मापदण्ड, एएफसी मापदण्ड र क्लब लाइसेन्सिङ एडमिनिस्ट्रेशन सिस्टम लगायतका कार्यक्रमहरु पनि स्थगित गरिएको एन्फाले जनाएको छ ।

Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान