News उपाधितर्फ अग्रसर पुलिस, एनआरटीले पछ्याउँदै
गोलनेपाल

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिगतर्फ लिगलिडर नेपाल पुलिस क्लब उपाधितर्फ अग्रस हुँदा दोस्रो स्थानको टोली न्युरोडटिम (एनआरटी) ले पछ्याइरहेको छ ।

लिग अन्तर्गत आइतबार भएको २०औं चरणका अन्तिम दुई खेलहरुमा पुलिस र एनआरटीले उत्कृष्ट जित हात पारे । एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबलाई ५–० ले हरायो ।

यो जितपछि २० खेलबाट ४५ अंक जोडेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा कायम छ । उता पराजित मनाङ भने २५ अंकका साथ आठौं स्थानमा छ ।

त्यस्तै अर्को खेलमा एनआरटीले जावलाखेलमाथि ५–२ को जित निकाल्यो । यो जितपछि २० खेलबाट ४१ अंक जोडेको एनआरटी दोस्रो स्थानमा छ । पराजित जावलाखेल भने २६ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments