News
प्रथम यलम्बर कपको तयारी पूरा (खेलतालिकासहित)

बेलका । यलम्बर एकता सेवा समाज, बेलका–८, डुडखोला, उदयपुरको आयोजना तथा हात्तिसार सामुदायिक वन उपभोक्ता समूह, बेलका–८ को सह–आयोजनामा यही पुष ९ देखि १६ गतेसम्म हुन गईरहेको प्रथम यलम्बर कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
यलम्बर खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा पुष ९ गतेका दिन बेलटार एकता युवा क्लब, उदयपुर र पटनाली फुटबल क्लब, धरान भिड्ने खेलतालिकामा उल्लेख छ । कुल ८ टोलीहरु सहभागि प्रतियोगिताको समापन पुष १६ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments