खाँदबारी । ‘खेलकुद, सँस्कृति र पर्यटन, समृद्ध समाज हाम्रो अभियान’ भन्ने नाराका साथ माघे संक्रान्तिको अवसर पारी तीनपोखरी समाज विकास क्लब, खाँदबारी, संखुवासभाको आयोजनामा पुष २६ देखि माघ १ गतेसम्म दोस्रो तीनपोखरी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
खाँदबारी–७ स्थित खाँदबारी रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजक क्लबका अध्यक्ष मिनेश चापागाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि नगद २५–२५ हजार प्रदान गरिने खेल संयोजक झलकलाल कुसुलेले जानकारी दिए ।
त्यस्तै विधागतर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक गरी तीन विधाहरुमा जनही नगद ५–५ हजारसहित ट्रफीको व्यवस्था गरिएको पनि खेल संयोजक कुसुलेले बताए ।
- अनिता राना मगरको ह्याट्रिकसँगै फेदापको शानदार जित
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- संखुवासभाको मादीमा प्रथम मझिया स्मृति महिला कप सुरु, धरानको विजयी सुरुवात
- सेकाहालाई तेस्रो तीनपोखरी कपको उपाधी
- सेकाहा तेस्रो तीनपोखरी कपको फाइनलमा, उपाधिका लागि मकालु फ्रेन्डससँग भिड्ने