काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता समापनको संघारमा आइपुग्दा अर्को एउटा झमेला थपिएको छ । लिग अन्तर्गत सोमबार हुने पहिलो खेलमा खुमलटारले सबै खेलाडी उतार्न नसक्दा खेल त्याग्न बाध्य बनेको छ ।
लिग अन्तर्गत खुमलटारले आर्मीसँग खेल्ने कार्यक्रम थियो । दुवै टोली लिगको आफ्नो अन्तिम खेल खेल्ने तयारीमा थिए । तर, खुमलटारको स्क्वाडमा ९ खेलाडी मात्र भएपछि क्लबले आर्मी विरुद्धको खेल खेल्न सकेन । र, बाध्य भएर त्यो खेल त्याग्न पर्यो ।
यो अवस्थामा प्रतियोगिताको नियमानुसार आर्मीलाई सो खेलमा ३–० ले विजयी घोषित गरिएको छ । साथै, आर्मीले आफ्नो अन्तिम खेलमा तीन अंकजोड्दै लिगको सुखद समापन गर्न सफल भएको छ ।
यस्तो छ, खुमलटारमा खेलाडी नपुग्नुको कारण
खुमलटारले युथ लिगतर्फ सोमबार पूरा खेलाडी उतार्न नसक्नुको कारण हेटौडामा जारी बागमती प्रदेश लिगलाई बताइएको छ । खुमलटारका अधिकांश खेलाडीहरु सिन्धुपाल्चोकका छन् । र, ती खेलाडीहरु प्रदेश लिग खेल्न हेटौडा पुगेका छन् ।
महत्वपूर्ण मानिएको खेलमा सिन्धुपाल्चोकको प्रतिनिधित्व गरिरहेको चौतारा स्र्पोटिङ क्लबका लागि खेल्न हेटौडा पुगेका खुमलटारका खेलाडीहरुले युथ लिगमा खेल्न सकेनन् । यता प्रदेश लिगमा पनि चौताराले सिन्धुलीको ब्लु अल्पाईन क्लबसँग पराजित हुन पुग्यो । र, प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
यो विषयमा लिग जस्तो प्रतियोगिता जारी रहँदा क्लब, खेलाडी र सम्बन्धित निकायको पनि चरम लापरवाही देखियो ।
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने