News ११औं फाल्गुनन्द गोल्डकपको फाइनल टिकट बिक्रीबाट दश लाख बढी संकलन
गोलनेपाल

फिदिम । सोमबार सम्पन्न भएको ११औं फाल्गुनन्द गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल टिकट बिक्रीबाट दश लाख बढी संकलन भएको छ ।

चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब बीच भएको फाइनल खेलमा ३०० दरको टिकत बिक्रीबाट १० लाख ८९ हजार ८५० रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ ।

स्मरण रहोस, सोमबार भएको उपाधि भिडन्तमा चर्च ब्वाईजले मच्छिन्द्रलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजेता बन्न सफल भएको थियो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

Post Comments