News
तेस्रो मच्छिन्द्र कप : पानवारि फुटबल क्लब फाइनलमा

पानवारि फुटबल क्लबले बेलबारि फुटबल क्लबलाई १-० ले पराजित गर्दै तेस्रो मच्छिन्द्र कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
मोरङको केराबारिमा चलिरहेको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पानवारिले बेलबारिलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
केराबारि रंगशालामा बुधबार सम्पन्न खेलमा पानवारिको जित निर्णायक गोल दोस्रो हाफको इन्जुरी समयमा जर्सी नम्बर १५ का जोना ग्लोरिले गरेका थिए।
ग्लोरिले आफ्नो उत्कृष्ट प्रदर्शनको लागि म्यान अफ द म्याचको पुरस्कार पनि जिते।
Post Comments