काठमाडौं । कलेक्सन फुटबल क्लब (सिएफसी), दोहा, कतारको आयोजनामा जारी तेस्रो सिएफसी कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक सिएफसी (रातो) र पेट्रो एफसी भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ आयोजक सिएफसी (रातो) ले एबी एफसीलाई पेनाल्टी शुटआउटमा ८–७ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सिएफसी (रातो) का आशिष पाँचकोटी म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दोस्रो सेमिफाइनलमा पेट्रो एफसीले रस्लाफन एफसीलाई पेनाल्टी शुटआउट मै ५–४ ले हराउँदै फाइनल प्रवेश गर्यो । दोस्रो सेमिफाइनलतर्फ पनि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । खेलमा पेट्रो एफसीका सुरेश विश्वकर्मा म्यान अफ दि म्याच बने ।
अब यही जनवरी १० तारीखका दिन हुने फाइनलमा आयोजक सिएफसी (रातो) र पेट्रो एफसी उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने