News चत्यासा एफसी मच्छिन्द्र कपको फाइनलमा
गोलनेपाल
केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा चत्यासा एफसी फाइनल प्रवेश गरेको छ ।
 
सोमबार केराबारी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा केराबारि एफसिलाइ पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै चत्यासा एफसी फाइनलमा प्रवेश गरेको हो।
 
निर्धारित समयमा ०-० बराबरी भएपछि नतिजा पेनाल्टी सुट आउट मार्फत निकालिएको थियो । खेलको म्यान अफ म्याच GK योगेस धिमाल भएका थिए ।
 
प्रतियोगिताको फाइनल खेल २७ गते पानवारि फुटबल क्लब भसेस चत्यासा को बिचमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
 
 
Post Comments