
चुलाचुली । त्रिवेणी फुटबल क्लब, दमक जारी प्रथम बैदे गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनलतर्फ त्रिवेणीले फुङनाम स्र्पोटिङ क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । जसमा त्रिवेणीले फुङ्नाममाथि ६–५ को जित निकाल्दै सेमिफाइनल स्थान पक्का गर्यो ।
खेलमा त्रिवेणीका गोलरक्षक आशिष मगर म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुस २६ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल इन्ट्रा पथरी–११, मोरङ र एम.सी. एफसी, माङ्सेबुङ बीच हुनेछ ।
द बैदे स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५०५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।