बिर्तामोड । गत मंसिर अन्तिममा सञ्चालन भएको झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले फुटबल सञ्चालनबाट २८ लाखभन्दा बढी रकम बचत भएको जनाएको छ ।
झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो ।
आयोजक समितिका सचिव चेतामणि खनालका अनुसार आम्दानीतर्फ १ करोड २ लाख १२ हजार ४०४ रुपैयाँ विभिन्न दाता, टिकट बिक्री तथा प्रायोजकबाट संकलन भएको थियो ।
यसैबीच, झापा कपलाई निरन्तरता दिँदै दोस्रो संस्करण आगामी मंसिर महिनामै आयोजना हुने झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । झापा कपको पहिलो संस्करण सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् ।
लिग लिडर चर्च ब्वाइज युनाइटेड झापा कपको च्याम्पियन बन्दै नगद १० लाख पाउन सफल भएको थियो । न्यू रोड टिम (एनआरटी)ले उपविजेता बन्दै ५ लाख रुपैयाँमा चित्त बुझाएको थियो ।
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा