
लालिगुराँस । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा शनिबार देखि माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू भएको छ । जालपा युथ क्लब चिनेबारीको आयोजनामा शुरू भएको प्रतियोगितामा पहिलो दिन महिला तर्फ एक र पुरूष तर्फ एक खेल सम्पन्न भएका छन ।
महिला तर्फको उद्घाटन खेलमा प्रगतिशील विजयी भएको छ । प्रगतिशीलले आयोजक सि लाइ पेनाल्टी सुटआउटमा २-१ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारिक समय भने शुन्य शुन्यमा सकिएको थियोे ।
पुरूष तर्फको पहिलो खेलमा निशान एफसीलाई ३-० गोलले पराजित गर्दै चोलुङ नालिगेन दोस्रो चारणमा प्रवेश गरेको छ। आज तिन खेलको खेल तालिका रहेता पनि एक खेल भने खराब प्रकाशका कारण भोलिको लागि सारिएको छ । आइतबार ६ खेलहरु हुनेछन् ।
प्रतियोगिताको पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन । त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न