News कुसुन्ती र बीबीसी उपाधिका लागि भिड्दै
गोलनेपाल

ललितपुर । आयोजक कुसुन्ती ‘बी’ र बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।

जावलाखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आई भेट्रानलाई ४–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि कृष्णबहादुर राई, बुद्ध लामा, सुवास कार्की र सविन श्रेष्ठले समान १–१ गोल गरे । थर्ड आईका किरण केसीले सान्त्वना गोल गरे ।

अर्को सेमिफाइनलमा बीबीसीले जोरपाटी एफसीलाई १–० गोलले हरायो । बीबीसीका नवीन न्यौपानेले निर्णायक गोल गरे । फाइनल खेल आज हुँदै ।

Post Comments