बीबीसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
जावलाखेल मैदानमा भएको फाइनलमा बीबीसीले आयोजक कुसुन्ती ‘बी’ लाई २–० गोलले पराजित ग¥यो । दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बीबीसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे ।
उपाधिसंगै बीबीसीले २ लाख नगद पुरस्कार पायो भने कुसुन्ती ‘बी’ ले १ लाख नगदमा चित्त बुझायो । कुसुन्ती ‘बी’ का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बीबीसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए । तीनैले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसी, आयोजक कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो ।
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै