काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबले जित निकाल्दै तीन–तीन अंक जोडेका छन् ।
एन्फा कम्प्लेक्स्मा भएको पहिलो खेलमा पुलिसले एफसी खुमलटारमाथि ६–० को एकतर्फी जित निकाल्यो । पुलिसका लागि समिर राई र किरन राज गिरीले समान २–२ गोल गर्दा रिजन राज गौतम र सुरज गुरुङ्गले थप एक–एक गोल गरेका थिए । यो जितपछि पुलिसको खातामा ४ खेलबाट १० अंक छ । पराजित खुमलटार भने अंकविहीन छ ।
त्यस्तै अर्को खेलमा एपिएफले फ्रेण्डस क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पार्यो । एपिएफको जितमा अविनाश वाईबाले दुई गोल गर्दा उत्सव थापाले एक गोल गरेका थिए । उता फ्रेण्डसका लागि अफरोज अली र कृष कटुवालले गोल गरेका थिए ।
यो जितपछि एपिएफको खातामा ५ खेलबाट ११ अंक छ । उता पराजित फ्रेण्डसको खातामा भने समान खेलबाट सात अंक छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा