News साँघुरो जितका साथ टेन नवोदय फाइनलमा
गोपाल काफ्ले

पथरी । साँघुरो जितका साथ टेन नवोदय फुटबल क्लब जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा टेन नवोदयले सिरिजंगा एफसीलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा टेन नवोदयका लागि २४औं मिनटमा रोशन माझीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

खेलको म्यान अफ द म्याच टेन नवोदय कै संजिव लिम्बु घोषित भए । उनलाई बिराट गोल्डकप ट्रष्टका अध्यक्ष तथा एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी मनोज बस्नेतले संयुक्त रुपमा पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत पुष ९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल हेरिका न्युस्टार फुटबल क्लब र द रियल ब्रदर्श फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

स्थानीयस्तर मै पहिलोपटक अक्सनमार्फत खेलाडी खरिद गरि आयोजना गरिएको लिगको विजेताले उपाधिसहित नगद १ लख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ११ गतेका दिन हुनेछ ।

Post Comments