
काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्व अध्यक्ष सेप ब्लाटर विरुद्ध आपराधिक उजुरी दायर गरेको छ । रिपोर्टअनुसार स्वीजरल्याण्डको ज्युरिचमा रहेको फिफा म्युजियम प्रोजेक्टमा आर्थिक अनियमितता गरेको भन्दै फिफाले ब्लाटर विरुद्ध सो उजुरी दायर गरेको हो ।
स्रोतका अनुसार ब्लाटरको पूर्व प्रशासनले म्युजियम पूननिर्माणका लागि भन्दै ५०० मिलियन स्वीस फ्रान्क (४२० मिलियन पाउण्ड) अनावश्यक रुपमा खर्चिएको फिफाको आरोप छ । रिपोर्टअनुसार उक्त म्युजियम रहेको भवन फिफाको स्वामित्वमा समेत नरहेको बताईएको छ । साथै यो विषयमा थप आर्थिक हिनामिना भएको समेत स्रोतले जनाएको छ ।
Fifa has lodged a criminal complaint against former president Sepp Blatter over the finances of a museum in Zurich.
— BBC Sport (@BBCSport) December 22, 2020
Full story: https://t.co/vQhk3qeL90 pic.twitter.com/3W6aSVmT7b
स्मरण रहोस, भ्रष्टाचार कै आरोप खेपिरहेका बेला ब्लाटरले सन् २०१५ मा फिफाको अध्यक्ष पदबाट राजिनामा दिएका थिए । सो राजिनामा पश्चात आर्थिक अनियमितताबारे उनलाई लागेको यो नयाँ आरोप समेत हो । यद्यपि ८४ बर्षिय ब्लाटरले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् ।