
व्यास । आउँदै गरेको महाशिवराधी पर्वको अवसर पारी डि–ल्यान्ड युथ क्लब, व्यास–१०, दुम्सी, तनहुँको आयोजनामा आउँदो फागुन ९ देखि १६ गतेसम्म पाँचौं डि–ल्यान्ड कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
व्यास नगरपालिका–१० स्थित दुम्सी खेलमैदानमा हुने प्रतियोगिताको फागुन ८ गतेसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७०००+ १००० (डिपोजिट) तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २ हजार ३४५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५६ हजार ७८९ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु ९८४६७६५५२९ (प्रकाश थापा), ९८०४१०२५२७ (सुबाश सापकोटा) मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।