News
दोस्रो घोडेजात्रा कप हुने
काठमाडौं । भुईखेल फुटबल क्लब, भुईखेल, काठमाडौंको आयोजनामा दोस्रो घोडेजात्रा कप सिक्स ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको खेल मितिबारे पनि छिटै जानकारी गराईने आयोजकले जनाएको छ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9818299849, 9808466820 मा सम्पर्क गर्न सकिनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्र्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै