
सुन्दरहरैचा । आयोजक बिराट भेट्रान (ए) जारी चौथो बिराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको तेस्रो क्वाटरफाइनलतर्फ बिराट भेट्रान (ए) ले हाम्रो धरान भेट्रानलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । बिराट भेट्रान (ए) को जितमा कृष्ण शाक्य र सुरज प्रधानले गोल गरे । प्रधान खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
प्रतियोगिता अन्तर्गत माघ २४ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक बिराट भेट्रान (बी) र जिजे युनाइटेड भेट्रान, दार्जिलिङ बीच हुने आयोजकले जानकारी दियो ।
बिराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २६ गतेका दिन हुनेछ ।