News असन्तुष्ट सिख्राकारको एन्फालाई 'राजिनामा पत्र'
गोलनेपाल

काठमाडौं । फुटबल खेलाडी, रेफ्री तथा रेफ्री प्रशिक्षकको जिम्मेवारी समेत सम्हालेका सुरेन्द्र सिख्राकारले रेफ्री समितिको सदस्य पदबाट राजिनामा दिएका छन् ।

एन्फालाई पत्राचार गरि राजिनामाबारे जानकारी गराएका सिख्राकारले वर्तमान समयमा विधि र विधान पद्धति अनुसार काम हुन छाडेको भन्दै असन्तुष्टी समेत पोखेका छन् ।

सिख्राकारका अनुसार आफूले रेफ्री समितिको सदस्यमा रहेर काम गर्दै आए तापनि रेफ्री प्रोत्साहनका लागि पहलकदमी नचालेको, उत्कृष्ट र सिनियर रेफ्रीहरुलाई अपमान ढंगले पाखा लगाउने कार्य भएको र सरसल्लाह बिना एकलौटी निर्णय हुने गरेको आरोप लगाएका छन् ।

“भावी पुस्ताको भविष्यलाई समेत दृष्टिगत गरि मुकदर्शक भई बस्नु भन्दा राजीनामा गर्न उपयुक्त सम्झी राजिनामा दिएको छु ।” सिख्राकारले एन्फालाई लेखेको पत्रमा उल्लेख छ ।

 

Post Comments
Advertisement Yamaha Nepal