
घोराही । कठिन जित निकाल्दै यहाँ सम्पन्न लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि एसएसएफएले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा एसएसएफएले राइजिङ स्टार क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ एसएसएफएका लागि निशान बलामले गोल गरे भने राइजिङ स्टारका लागि आशिष पुनले गोल गरेका थिए । टाईब्रेकरमा भने एसएसएफएले राइजि« स्टारमाथि ४–३ को जित निकाल्दै विजेता बन्न सफल भयो ।
विजेता बनेको एसएसएफएले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता राइजिङ स्टारले २ लाखमा चित्त बुझायो । एसएसएफएका प्रतिक सुनार प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक राइजिङ स्टारका दिवान घर्ती मगर बन्दा उत्कृष्ट डिफेन्डर राइजिङ स्टार कै सुमित मल्लाह घोषित भए । उत्कृष्ट डिफेन्डर एसएसएफएका किरन योगी बन्दा उत्कृष्ट फरवार्ड एसएसएफएका निशान डाँगी चुनिए । उदीयमान खेलाडी भने लुम्बिनी एफएका हिमाल नेपाली घोषित भए । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार प्राप्त गरे ।
लुम्बिनी फुटबल एकेडेमी, दाङको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।