घोराही । कठिन जितका साथ एसएसएफए यहाँ जारी लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा एसएसएफएले आयोजक लुम्बिनी एफए (सेतो) लाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
आयोजक कै खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ एसएसएफएका लागि बिनोद केसीले गोल गरेका थिए भने लुम्बिनी एफएले आत्मघाती गोल उपहार पाएको थियो । यद्यपि सडन डेथमा एसएसएफएले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्दै फाइनल प्रवेश गर्न सफल भयो ।
खेलमा एसएसएफएका गोलरक्षक प्रतिक सुनार म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल राईजिङ स्टार क्लब र बिएफएल बीच हुने आयोजकले जानकारी दियो ।
लुम्बिनी फुटबल एकेडेमी, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा