News
जय पृथ्वीबहादुर सिंह गौरीगंगा गोल्डकप फागुन ७ गतेदेखि
गौरीगंगा । गौरीगंगा–११ स्पोर्टस क्लब, कैलालीको आयोजनामा यही फागुन ७ गतेदेखि १४ गतेसम्म जय पृथ्वीबहादुर सिंह पाँचौं गौरीगंगा गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सातै प्रदेशका उत्कृष्ट टोलीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
Post Comments
Related News
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा