News
जय पृथ्वीबहादुर सिंह गौरीगंगा गोल्डकप फागुन ७ गतेदेखि
गौरीगंगा । गौरीगंगा–११ स्पोर्टस क्लब, कैलालीको आयोजनामा यही फागुन ७ गतेदेखि १४ गतेसम्म जय पृथ्वीबहादुर सिंह पाँचौं गौरीगंगा गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सातै प्रदेशका उत्कृष्ट टोलीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने