News अर्किड कपः माउन्ट सेब विजयी
गोलनेपाल

काठमाडौं । माउन्ट सेबले यहाँ जारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा जित हात पारेको छ ।

माउन्ट सेबले हाइल्यान्डलाई ३–० गोलअन्तरले पराजित गर्यो । माउन्ट सेबका ऋनव प्रधान, सन्जल दाहाल र अन्जल केसीले समान १–१ गोल गरे ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी, हिलारी, ग्रिनविच, ग्रिनविच र हाइली क्रिएटिभले आ–आफ्नो खेल जिते ।

कौस्तुभ एकेडेमीले श्रमशीललाई २–० गोलले हरायो । विजेताका मोनिस गुरुङ र युकेश पौडेलले समान १–१ गोल गरे । हिलारीले ग्लोबललाई ३–० गोलले पाखा लगायो । हिलारीका लागि सिद्धार्थ सुवेदीले २ तथा प्रीतम यादवले १ गोल गरे ।

ग्रिनविचले पिक प्वाइन्टलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पन्छायो । हाइली क्रिएटिभले ग्रामरमाथि ४–० को सहज जित दर्ता ग¥यो । हाइली क्रिएटिभका निम्ति चारै गोल युवराज दाहालले गरे ।

Post Comments