
झुरझुरे । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी सातौं बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको क्वाटरफाइनलतर्फ एपीएफले संकटा फुटबल क्लब, काठमाडौंलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
सहिद रंगशालामा भएको खेलको अन्तिमतिर ८३औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुजन कुमार पुलामीले एक मात्र निर्णायक गोल गरे । खेलमा एपीएफका मनि लामा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन ८ गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा