
झुरझुरे । साविक विजेता मच्छिन्द्र फुटबल क्लब, काठमाडौं, जारी सातौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रले दश खेलाडीमा सिमित बनेको बागमती युवा क्लब, सर्लाहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको ४२औं मिनटमा बागमतीका हेमन्त भुजेलले गोललाईनमा ह्याण्डबल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए भने मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ४४ मिनटमा रेजिन सुब्बाले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए ।
खेलमा मच्छिन्द्रका शिशिर लेखी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ९ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल एपिएफ फुटबल क्लब, काठमाडौं र चर्च ब्वाईज युनाइटेड, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा