News पाँचौं कटारी मेयर गोल्डकप शुरु, एनएसएफसी धरानको विजयी शुरुवात
गोलनेपाल

कटारी । शनिबारदेखि शुरु पाँचौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा एनएस एफसी, धरानले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा एनएस एफसी, धरानले घरेलु टोली कटारी–११ लाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो । एनएस एफसीका लागि प्रज्वल थापाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता प्रज्वल थापा नै खेलको म्यान अफ दि म्याच चुनिए ।

यो जितसँगै एनएस एफसी, धरान सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन ११ गते आइतबारको खेल बिरगंज युनाइटेड र एनजे क्लब, सिन्धुलीबीच हुने आयोजकले जानकारी दियो ।

नगर युवा तथा खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १७ गतेका दिन हुनेछ ।

Post Comments