News ताप्लेजुङको सॉघुमा रछ रनिङ कप शुरूः माछापोखरी हिटी र म्याङलुङको विजयी शुरूवात
गोलनेपाल

ताप्लेजुङको मैवाखोला ३ सॉघुमा महाशिवरात्रि मेला तथा विविध खेलकुद कार्यक्रम शुरू भएको छ ।उक्त मेलाको अवसरमा आयोजित रछ स्मृति रनिङकपमा माछीपोखरी हिटि क्लब चॉगे ताप्लेजुङ र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले विजय शुरूवात गरेका छन ।

सॉघु खेल मैदानमा मंगलबार सम्पन्न पहिलो क्वाटर फाइनलमा डिफेन्डिङ च्याम्पियन माछापोखरी हिटि क्लब चॉगेले इन्ट्रा पथरी एघारलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच माछा पोखरी हिटीका किरण गुरूङ घोषित भए ।

त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा आयोजक जलजले क्लबलाई ४-१ गोलले पराजित गर्दै म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम प्रतियोगिताको सेमिफाइनल पुगेको हो । खेलको म्यान अफ दि म्याच म्याङलुङ स्पोर्टिङ कालबका बिशाल काफ्ले घोषित भए ।

दुबै खेलका म्यान अफ दि म्याचले नगद दुइ हजार सहित ट्रफि प्राप्त गरे ।

फागुन १३ गते देखि शुरू प्रतियोगिता फागुन १७ गते सकिने छ ।आठ टिम सहभागि रहेको प्रतियोगिताको दोस्रो दिन बुधबार पनि क्वाटर फाइनलका अन्तिम दुइ खेल सन्चालन हुनेछन ।

बुधबार हुने तेस्रो क्वाटरफाइनलमा मैवाखोला गाउँपालिका ताप्लेजुङ र धरान सिटी फुटबल क्लब सुनसरी बिच प्रतिस्पर्धा हुनेछ ।त्यस्तै अन्तिम क्वाटर फाइनलमा सॉगुरी गढी फुटबल क्लब धन्कुटा र मरिक एफसी धरान भिडनेछन ।

प्रतियोगिताको विजेताले २ लाख ६१ हजार सहित एक तोला आधि सुन र दुइ सय तोला चॉदी जडित रनिङ ट्र्फि प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १ लाख ३१ हजार सहित ट्रफि प्राप्त गर्नेछ ।

महाशिवरात्रि मेलाको अवसरमा महिला फुटबल प्रतियोगिता पनि सन्चालन हुनेछ । महिला तर्फ विजेताले असी हजार सहित ट्रफि र उपविजेताले चालिस हजार सहित ट्रफि प्राप्त गर्नेछन ।

आन्तरिक पर्यटन विकाशमा खेलकुद भन्ने नाराका साथ सन्चालन भइरहेको महाशिवरात्रि मेला विगत पॉच दशक देखि निरन्तर सन्चालित रहेको आयोजक जलजले क्लबका अध्यक्ष रूपनारायण घिमिरेले जानकारी दिनुभयो ।

Post Comments