News
दोस्रो माछापोखरी हिटी गोल्ड कपको तयारी पूरा
ताप्लेजुङ। ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी-५ चांगेमा आमन्त्रित दोस्रो माछापोखरी हिटी गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएसँगै आजबाट प्रतियोगिता सुरु हुन लागेको छ।
चांगे माछापोखरी हिटी क्लबको आयोजनामा आजबाट हुन लागेको प्रतियोगितामा लालीमा क्लब ताप्लेजुङ, संखुवासभा जिल्ला फुटबल संघ, सम्दु फुटबल क्लब तेह्रथुम, वाई वाई पाँचथर , डाँडाबजार फुटबल क्लब धनकुटा, न्यू स्टार क्लब झापा, आयोजक माछापोखरी हिटी क्लब ताप्लेजुङ र डिफेन्डिङ च्याम्पियन टोली मारीक फुटबल क्लब धरान सहित आठ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता हुने टिमले नगद तिन लाख रुपैयाँ सगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद एक लाख साठी हजार रुपैयाँ प्राप्त गर्ने छ। प्रत्येक खेलमा म्यान अफ दि म्याचको पनि व्यवस्था रहेको छ।
आज दिनको ठीक २:०० बजे मारिक फुटबल क्लब धरान र आयोजक माछापोखरी हिटी क्लब ताप्लेजुङको खेलसँगै प्रतियोगिता सुरु हुने छ। सम्पूर्ण खेलहरूको प्रतक्ष्य प्रशारण गोल नेपालको फेसबुक पेजबाट हुनेछन्।
Post Comments
Related News
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई