काठमाडौं । मंगलबार सम्पन्न एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाईज युनाइटेडले जितेको छ । २० खेलबाट ५० अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा रहेर च्याम्पियन बन्यो । विजेता चर्च ब्वाईजले उपाधिसहित नगद १ लाख हात पार्यो ।
दोस्रो स्थानमा ४८ अंकसहित एपिएफ फुटबल क्लब रहयो । एपिएफले लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबमाथि ५–४ को रोमाञ्चक जित निकाल्दै लिगतालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिताको सुखद समापन गर्न सफल भयो । तेस्रो स्थानमा भने ४२ अंक जोडेको फ्रेण्डस क्लब रह्यो ।
त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टिम बन्यो । थ्रीस्टारका सृजन श्रेष्ठ प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने एपिएफका तेन्जिङ शेर्पाले हात पारे । उत्कृष्ट गोलरक्षक भने चर्च ब्वाईजका पास्कल बस्नेत चुनिए । उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा