News डिफेन्डिङ च्याम्पियनलाई स्तव्ध पार्दै न्यू स्टार क्लब झापा विजयी
गोलनेपाल

ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं.५ मा चाँगे माछापोखरी हिटी क्लबको आयोजनामा जारी दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्ड कपको उपाधी न्यू स्टार क्लब झापाले हात पारेको छ।

आज सम्पन्न फाइनल खेलमा गत संस्करणको विजेता मरिक एफसी धरानलाई एक शून्य गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो। झापाको लागि एक मात्रै निर्णायक गोल खेलको ७५ औं मिनेटमा निश्चल बस्नेतले गरेका थिए।

फाइनल खेलको म्यान अफ दि म्याच निर्णयक गोलकर्ता निश्चल बस्नेत बन्दै नगद रु ३ हजार प्राप्त गरे। विजेता बनेको झापाले नगद रु ३ लाख सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ। खेलभर उत्कृष्ट प्रदर्शन गरेको धरानले गोल गर्नबाट चुकेपछि उपविजेतामा सिमित बन्दै नगद रु १ लाख ६० हजारमा चित्त बुझाएको छ।

व्यक्तिगत विधातर्फ पनि च्याम्पियन झापाकै वर्चस्व कायम रहँदा प्रतियोगिताको सर्वाधिक गोलकर्ता झापाका निश्चल बस्नेत, उत्कृष्ट मिडफील्डर झापाकै RK कन्दङ्गवा, प्लेयर अफ द टुर्नामेन्ट झापाका कप्तान विजय राई, बेस्ट प्रशिक्षक झापाका अनुभ केदेम बन्न सफल भए भने प्रतियोगिताको बेस्ट गोल रक्षक मारिक एफ सी धरानका निशान थापा मगर बन्दा बेस्ट डिफेन्डर पनि धरानका राजु थापा भएका छन्। व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरुले समान ३/३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

प्रतियोगिता यही फाल्गुन २५ बाट सुरु भई आज २९ गते सम्पन्न भएको छ। यस प्रतियोगिताको मुख्य प्रायोजक आठराई त्रिवेणी गाउँपालिका सहप्रायोजकमा मैवाखोला, मिक्वाखोला, मेरिङदेन् र फक्ताङलुङ्ग गाउँपालिका रहेका थिए।

Post Comments