News
हिमालयन एफसीलाई फुटसल उपाधि
काठमाडौं । बुद्ध चोक क्लब, नागार्जुन–२, काठमाडौंको आयोजनामा सम्पन्न फाईभ ए साईड खुला फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसीले जितेको छ ।
फाइनलमा हिमालयनले फुटसल फाईभ टिमलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । विजेता बनेको हिमालयनले उपाधिसहित नगद ९९,९९९ रुपैयाँ हात पार्दा उपविजेता फुटसल फाईभले ४९,९९९ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
विधागततर्फ फुटसल फाईभका विजय श्रेष्ठ प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक दिपेश श्रेष्ठ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार हिमालयनका मुस्कान तामाङले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि