धनकुटा । आयोजक छथर जोरपाटी गाउँपालिका र चौबिसे गाउँपालिका यहाँ जारी पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । आइतबार भएका दुवै सेमिफाइनल खेलको नतिजा निस्किएपछि फाइनल समिकरण पनि पूरा भएको हो ।
पहिलो सेमिफाइनलतर्फ छथर जोरपाटीले शहिद भूमि गाउँपालिकालाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा छथर जोरपाटीले ५–३ ले नतिजा आफ् नो पक्षमा पारेको हो । खेलमा छथर जोरपाटीका गोलरक्षक निकेश सुन्दास म्यान अफ दि म्याच बने ।
त्यस्तै दोस्रो सेमिफाइनलतर्फ चौबिसेले धनकुटा नगरपालिकालाई २–० ले हराउँदै फाइनल स्थान पक्का गर्यो । चौबिसेको जितमा दुवै गोल मदन मगरले गरे । निर्णायक दुई गोल गरेका चौबिसेका मदन मगर नै म्यान अफ दि म्याच घोषित भए ।
अब यही चैत्र ४ गते हुने फाइनलमा चौबिसे र छथर जोरपाटी उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा