
बभनी । आयोजक न्यु राईज युथ क्लब, बभनी रुपन्देहीमा जारी स्व. भिम बहादुर खडका स्मृति पाँचौं न्यु राईज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ न्यु राईजले दुर्गानगर फुटबल क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।
तिलोत्तमा–१३, बभनी स्थित भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा भएको खेलमा न्यु राईजका लागि गौरी खड्काले दुई गोल गरे भने थप एक गोल बिमिश गुरुङ्गले गरे । पराजित दुर्गानगरका लागि भने मयन्क थापाले एक मात्र गोल फर्काएका थिए ।
खेलमा न्यु राईजका लागि महत्वपूर्ण दुई गोल गरेका गौरी खड्का म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र ४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा सास्ँकृतिक परिवार, ठुटिपिपल र न्यु सृजना युवा क्लब, करौजियाबीच हुनेछ ।
न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने चैत ९ गतेका दिन हुनेछ ।