धनकुटा । यहाँ सम्पन्न पालिकास्तरीय अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ । सोमबार भएको फाइनलमा चौबिसे गाउँपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै घरेलु टोली छथर जोरपाटी च्याम्पियन बनेको हो ।
छथर जोरपाटीको जितमा पर्वत दाहालले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो । छथर जोरपाटीका निर्णायक गोलकर्ता पर्वत दहाल नै म्यान अफ दि म्याच समेत घोषित भए । विजेता बनेको छथर जोरपाटीले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता चौबिसेले ७५ हजारमा चित्त बुझायो ।
विधागततर्फ छथर जोरपाटीका निकेश सुन्दाश उत्कृष्ट गोलरक्षक चुनिए भने उत्कृष्ट डिफेन्डर चौबिसेका धिरज बिक बने । उत्कृष्ट मिडफिल्डर छथरका कुसुम राई चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार चौबिसेका पदम मगरले हात पारे । उत्कृष्ट प्रशिक्षक छथर जोरपाटीका लक्ष्मी नारायण श्रेष्ठ बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीछथर जोरपाटीका दिवश भुजेल घोषित भए ।
विजे ता, उपविजेता तथा विधागततर्फ उत्कृष्ट बनेका सबै खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, आयोजक सिन्धुवा सिंहदेवी युथ क्लब, धनकुटाका अध्यक्ष दिवेश खड्का लगायतले पुरस्कृत गरेका थिए ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा