झापा एफसीले आफ्नो आधिकारिक किट पार्टनरको रूपमा गणेशदीप निटवेयर प्रालि (G-Sports) सँग साझेदारी गरेको छ।
नेपालका प्रतिष्ठित खेलकुद ब्रान्ड G-Sports ले झापा एफसीका सम्पूर्ण खेलकुद पोशाक निर्माण गर्नेछ।
G-Sports, नेपालका खेलाडीहरूको आवश्यकताअनुसार उच्च गुणस्तरका खेलकुद पोशाक उत्पादन गर्ने एक विश्वासिलो नेपाली ब्रान्ड हो। यसको प्रिमियम गुणस्तर र खेलाडीलाई उच्चतम आराम प्रदान गर्ने डिजाइनले G-Sports लाई नेपाली खेल क्षेत्रको अग्रणी ब्रान्ड बनाएको छ।
G-Sports ले उत्कृष्ट गुणस्तर, आराम, र टिकाउ उपनला प्रदान गर्दै खेलाडीहरूको लागि उपयुक्त पोशाक निर्माण गर्दै आएको छ। यस साझेदारीले झापा एफसीलाई उत्कृष्ट किट उपलब्ध गराउने मात्र होइन, नेपालका खेल सामग्री उद्योगको प्रवर्धनमा पनि योगदान पुर्याउनेछ।
झापा एफसी र G-Sports दुबै पक्षले यो साझेदारीले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका छन्।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा