News
सहज जित निकाल्दै टिएफसी सेमिफाइनलमा

बिराटनगर । सहज जित हात पार्दै टिएफसी, तालतलैया यहाँ जारी मिल्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल खेलतर्फ टिएफसीले वाईएफसी, कटिहार, भारतलाई ४–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । टिएफसीका लागि सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवास फुयालले गोल गरे ।
खेलमा टिएफसी कै सबिन घिमिरे म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत्र ६ गते बुधबारको खेल लालीगुराँस स्र्पोटिङ क्लब, रानी र लेटाङ फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १० गतेका दिन हुनेछ ।
Post Comments
Related News