News सक्रिय र फ्रेन्डशिपको जित
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगितामा सक्रिय एफसी र फ्रेण्डशिप एफसीले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको पहिलो खेलमा सक्रियले लिस्नु युवा क्लबलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । सक्रियको जितमा बिजय पुनले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित लिस्नुका निकेश गुरुङ्ग घोषित भए ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा फ्रेण्डशिप एफसीले झरना स्पोर्टस क्लबलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलको म्यान अफ द म्याच पराजित झरना स्पोर्टसका अजय थापा घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २३ गते बिहीबारको खेल तिलोत्तमा एफसी र चरङ्गे इन्टरटेनमेन्ट बीच हुने खेल संयोजक गणेश परियारले जानकारी दिए । चरङ्ग फुटबल क्लब, देवदहको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।

Post Comments