News
ललितपुर सिटी एफसीको जर्सी सार्वजनिक

ललितपुर । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी फुटबल क्लबले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ ।
एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ।
जर्सी अनावरण कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आजको दिन आफ्नो लागि खुशीको दिन रहेको बताए । उनले दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेको भन्दै यस पटक पनि उपाधि जित्न शुभकामना दिए । दोस्रो संस्करणमा ललितपुरले उपाधि जितेर उन्ले सम्पूर्ण टिमलाई नेवारी भोज खुवाएको र यस पटक पनि त्यो अवसर पाउनेमा उनी विश्वस्त छन्।
यस्तै उनले महानगरले फुटबल क्लबहरुलाई नगद सहित सम्मान गर्दै आएको जानकारी दिँदै ललितपुर सिटीले फेरि एनएसएल जितेमा यस पटक अझ ठूलो सम्मान गर्ने पनि वाचा गरे ।
ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहेका छन् । ललितपुर सिटी एफसीले चैत्र १६ गते उद्घाटन खेल खेल्नेछ। उक्त खेल ललितपुरले काठमाडौं रेजर्स एफ सि विरुद्ध खेल्नेछ।
Post Comments