News संकटालाई अन्तिम चारमा पुर्याउन सृजनको चार गोल
सुरज राना मगर

बुटवल । उत्कृष्ट जितका साथ संकटा फुटबल क्लब, काठमाडौं यहाँ जारी २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ संकटाले जर्जियन फुटबल क्लब, मालिम्पोङ, भारतलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । संकटाको जितमा चारै गोल सृजनराज गौतमले गरे । खेलमा ह्याट्रिकसहित चार गोल गरेका संकटाका सृजनराज गौतम म्यान अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत्र १२ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र एडोर्न गडवाल स्र्पोटिङ क्लब, देहरादुन, भारतबीच हुने आयोजकले जानकारी दियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १६ गतेका दिन हुनेछ ।

Post Comments