News
आर्मीका युद्ध र दिपाको पदोन्नती

काठमाडौं । नेपाली फुटबलका दुई नक्षत्रद्वय फुटबल खेलाडी हुँदै टिम व्यवस्थापक बनेका युद्ध शाही र राष्ट्रिय महिला खेलाडी दिपा राईको सेनामा पदोन्नती भएको छ ।
त्रिभुवन आर्मी फुटबल क्लबको पूर्व खेलाडी तथा हाल आर्मी कै महिला फुटबल टिमको व्यवस्थापक रहेका युद्ध जमदारबाट सुबेदार पदमा पदोन्नति भएका हुन् ।
त्यस्तै नेपाली महिला फुटबल टोलीकी पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा आर्मीको महिला फुटबल टिमकी नियमित सदस्य समेत रहेकी दिपा राई हवल्दारमा पदोन्नति भएकी छिन् ।
सेनामा बढुवा भएपछि दुवैले उत्साह र खुशी व्यक्त गरे । फुटबल मै लागेर देशको सेवा गर्न पाउनु र यो उपलब्धी हासिल गर्नुलाई आफूहरुले एउटा विशेष क्षणका रुपमा लिएको समेत प्रतिक्रिया दिए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय