News टाईब्रेकरमा चरङ्गे इन्टरटेनेमन्टको जित
सुरज राना मगर

बुटवल । टाईब्रेकरमा जित निकाल्दै चरङ्गे इन्टरटेनमेन्ट जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको खेलमा इन्टरटेनमेन्टले तिलोत्तमा बी एफसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ चरङ्गे इन्टरटेनमेन्टका लागि उमेश बिकले गोल गरेका थिए भने उता तिलोत्तमाका लागि शिखर बरालले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच तिलोत्तमाका आशिष ज्ञवाली घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २४ गते शुक्रबारको खेल आयोजक चरङ्गे फुटबल क्लब र पुन्डरी फुटबल क्लबबीच हुने खेल संयोजक गणेश परियारले जानकारी दिए ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका मोहन थापाले जानकारी दिए ।

Post Comments