News
मसुरिया एफए फाइनलमा, उपाधिका लागि लम्की फुटसलसँग भिड्ने
सुखड । मसुरिया फुटबल एकेडेमी यहाँ जारी प्रथम वडा अध्यक्ष कप यु–२० नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा मसुरियाले बाघमारा स्पोर्टस क्लबलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा मसुरियाका नरेश बडेला म्यान अफ दि म्याच घोषित भए ।
मसुरियाले अब यही चैत्र २३ गते हुने फाइनलमा लम्की फुटसल एण्ड ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्नेछ । घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने