News
बराबरीमा रोकिएको चितवनको शिर्षता यथावत

काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ आफ्नो तेस्रो खेलमा जित नजिक पुगेर पनि बराबरीमा रोकिन पुगेको एफसी चितवनले लिगतालिकामा आफ्नो शिर्षतालाई भने कायम राखेको छ ।
आइतबार भएको खेलमा तिवनले झापा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । खेलको १७औं मिनटमा टोरिक जेब्रिनको गोलबाट अग्रता बनाएको चितवनले त्यसलाई अन्तिम समयमा गुमाउन पुग्यो । खेलको अन्तिमतिर इन्जुरी समयमा पाएको पेनाल्टीलाई झापाका अल्हाजी गेरोले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
बराबरी नतिजापछि ३ खेलबाट ७ अंक जोडेको चितवन शिर्ष स्थानमा कायम छ । ५ अंकका साथ ललितपुर दोस्रो स्थानमा रहँदा एक खेल कम खेल्दै ४ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । उता चितवनलाई बराबरीमा रोकेको झापा भने ३ अंकका साथ चौथो स्थानमा उक्लेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै