News पाँचौं अध्यक्ष कप : केराबारी ३ को महिला टोली र पुरुष टोली नै सेमिफाइनलमा
गोलनेपाल

केराबारी | पाँचौं अध्यक्ष कपतर्फ आजको पहिलो खेलमा महिलातर्फ केराबारी ३ ले ३-० को अन्तरले केराबारी ६ लाई हराउँदै सेमीफाइनल मा प्रवेश गरेको छ। त्यसैगरी पुरुषतर्फ भएको खेलमा पनि केराबारी ३ ले ४-० को फराकिलो अन्तरले हराउँदै सेमीफाइनलको यात्रा गरेको छ।

सोमबार भएको महिलातर्फको खेलमा Women अफ दि म्याच चन्द्रकला थापा मगर घोषित भएकी थिन्। त्यसैगरी पुरुषतर्फको खेलमा म्यान अफ दि म्याच भने सुमन रोक्का घोषित भएका थिए। सुमन रोक्काले उक्त खेलमा दुई गोल गर्न सफल भएका थिए।

Post Comments