News
इलाम: मिक्लाजुङ गाउपालिकाको शानदार जित, सेमिफाइनलमा प्रवेश

चुलाचुली गाउँपालिकामा जारी प्रथम अन्तर पालिका स्तरीय अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा मिक्लाजुङ गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
आज सम्पन्न खेलमा मिक्लाजुङले माङ्सेबुङ गाउँपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो। मिक्लाजुङको जितमा कप्तान पारस भिमकले ह्याट्रिक गर्दै टिमलाई अगाडि बढाउन मुख्य भूमिका निभाए।
त्यस्तै, अनिल राई, पदम मगर र प्रमोद नेपालीले एक–एक गोल थप्दै जित सुनिश्चित गरेका थिए। ३ गोल गरेका कप्तान भिमकलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।
प्रतियोगिताअन्तर्गत भोलि (चैत ६) को खेल दमक नगरपालिका र शिवसताक्षी नगरपालिकाबीच हुने आयोजकले जानकारी दिएको छ।
Post Comments
Related News
- शिवसताक्षि नगरपालिका सेमिफाइनलमा प्रवेश
- प्रथम चुलाचुली अन्तर पालिका अध्यक्ष पुरुष फुटबल : चुलाचुली गाउँपालिका ‘बी’ सेमिफाइनलमा प्रवेश
- पॉचौ सन्दकपुर गोल्डकपको उपाधि ब्रदरहुड एफ.सी. उदयपुरलाई
- पॉचौ सन्दकपुर गोल्डकपको उपाधि होडमा झापा र उदयपुर
- पॉचौ सन्दकपुर गोल्डकपको फाइनलमा ब्रदरहुड र बुट्टाबारी युनाइटेड भिड्ने