काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ आइतबार भएका दुई खेलहरुमा श्री भगवती क्लब र ब्वाईज युनियन क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा श्री भगवतीले नयाँ वस्ती युवा क्लबलाई ३–० को एकतर्फी अन्तरले हरायो । श्री भगवतीको जितमा दिवस छन्त्याल, अमित लामा र विक्रान्त नरसिंह रानाले एक–एक गोल गरे ।
यो जितपछि ७ खेलबाट १७ अंक जोडेको श्री भगवती दोस्रो स्थानमा छ । पराजित नयाँ वस्ती भने ७ खेलबाट ५ अंकका साथ लिगतालिकाको रेलिगेशन क्षेत्रमा संघर्षरत छ ।
त्यस्तै दिनको दोस्रो खेलमा ब्वाईज युनियनले सरस्वती युथ क्लबलाई २–१ ले हरायो । ब्वाईज युनियनका लागि दिव्य विक्रम चौधरी र मिलन लिम्बुले गोल गरे । पराजित सरस्वतीका लागि भने बिशेष लामाले गोल गरेका थिए ।
यो जितपछि ८ खेलबाट ९ अंक जोडेको ब्वाईज युनियन लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित सरस्वती भने ६ अंकका साथ लिगतालिकाको १२औं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)