News
भुटान र थाइल्यान्डको युथ फुटबल टोलीबीच मैत्रीपूर्ण खेल सम्पन्न
काठमाडौ । युथ फुटबललाई प्राथमिकतामा राखेर अघि बढीरहेको भुटानको यु-१७ फुटबल टोलीले सोमबार थाइल्यान्डको यु-१७ फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल म्याच खेलेको छ ।
दुई देशबीचको मैत्री सम्बन्धलाई कायम राख्न आयोजना गरिएको मैत्रीपूर्ण फुटबल म्याचमा थाइल्यान्डको युथ टोली विजयी बनेको छ ।
थिम्पु शहर स्थित चाङ्लिमिथाङ नेशनल स्टेडियममा सम्पन्न खेलमा थाइल्यान्डको युथ टोलीले भुटानको युथ टोलीमाथी १०-० को फराकिलो जित दर्ता गर्यो ।
सो मैत्रीपूर्ण खेलका अवसरमा दुबै देशका वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
Pic: Bhutan FA
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल